आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

नवनिर्वाचित राष्ट्रपति पौडेललाई युवा नेता हरिबोल भण्डारीको बधाई 

गोकर्णेश्वर खबर२८ फाल्गुन २०७९, आईतवार १०:०४ मा प्रकाशित (२ साल अघि) १४६ पाठक संख्या

२८ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले बधाई दिएका छन् । नेपाली कॉंग्रेसका महासमिति सदस्य तथा गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदका सल्लाहकार समेत रहेका भण्डारीले पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता शशांक कोइराला, कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, वाग्मती प्रदेश सांसद उत्तम जोशी भण्डारी सहित शुक्रबार पौडेल निवास बोहोराटार पुगेर भण्डारीले पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् ।

उनले पौडेलललाई सफल कार्यकालको शुभकामना दिएका दिंदै राष्ट्रपति संस्थाबाट देश र जनताको हितमा तटस्थ रूपमा काम गर्ने र राष्ट्रपतिको भूमिकामा लोकतन्त्र र समाजवादी चिन्तक नेता पौडेल हुनु भएकोले संविधानको रक्षामा खरो उत्रिनु हुने विश्वास व्यक्त गरे ।