आज: २६ फाल्गुन २०८१, सोमबार | Mon, 10, Mar, 2025

आज दुवै सदनको बैठक बस्दै

गोकर्णेश्वर खबर१० माघ २०७९, मंगलवार १०:४० मा प्रकाशित (२ साल अघि) १२४ पाठक संख्या

१० माघ, काठमाडौं । आज संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने आजको बैठक प्रतिनिधिसभाको बैठकमा सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवम् शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ।

राष्ट्रियसभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस हुने तयारी रहेको छ।

साथै, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।