२८ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकाको नगर सभा हुने भएकोले पुस २९ गते सुक्रबार नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने भएको छ । भोली सुक्रबार नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु बन्द हुने छ ।
नगर प्रमुख दिपक कुमार रिसालले आज जारी गरेको सुचनामा भनिएको छ- ‘गोकर्णेश्वर नगरपालिकाको दशौ नगर सभा यहि मिति २०७९/०९/२९ गते हुने भएकोले मिति २०७२/०९/२९ गतेका दिन यस नगरपालिका मातहतका स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरु बाहेक यस नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि हार्दिक अनुरोध छ । यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी छ ।’