२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा मंगलवार विश्वासको मत लिने भएका छन् ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मंगलवार बिहान ११ बजे बस्ने बैठकमा प्रचण्डले विश्वासको मत लिन चाहेको जानकारी गराएका हुन् ।
प्रतिनिधि सभाका १६९ सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । सोमवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा नेताहरूले नयाँ संसदलाई जनताको अपेक्षा पूरा गर्ने दिशामा केन्द्रित बनाउने अठोट गरेका थिए ।