आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश

गोकर्णेश्वर खबर२४ पुष २०७९, आईतवार १७:१४ मा प्रकाशित (२ साल अघि) १०० पाठक संख्या

२४ पौष, काठमाडौं । प्रदेश १ मा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीका लागि दावी पेस गरेका छन् । कार्कीले एमालेसहित ४ दलका सांसदको समर्थन जुटाउँदै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेस गरेका हुन् ।

कार्कीले संविधानको १७६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

जसमा एमालेका ४० जना, माओवादीका १३ जना, राप्रपाका ६ जना र जसपाका एक जना सांसद गरेर कुल ६० जनाको हस्ताक्षरसहितको समर्थन रहेको छ ।