१५ मंसिर, काठमाडौं । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्नुरेका हुन् ।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत प्राप्त गरेकी छिन् ।
स्याङ्जा- २ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ ।