६ मंसिर, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ३ (२) मा विमल ठकुरीले फराकिलो अग्रता बनाएका छन् । जोरपाटी चामुण्डा माविमा भईरहेको गणनामा नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार ठकुरीले ३ हजार ५२ मत प्राप्त गर्दै गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रामेश्वर फुयालले २ हजार १६४ मत पाएका छन् ।
६ हजार ८९१ मत गणना हुँदा अहिले ठकुरीले ८८८ मतले अग्रता लिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल सुनारले ७५४ मत र माओवादीका उम्मेदवार महेश्वर फुयालले ३३९ मत पाएका छन् ।