६ मंसिर, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ३ (२) मा विमल ठकुरीको अग्रता रहेको छ । चामुण्डा मावीमा भैरहेको गणनामा नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार ठकुरीले १ हजार ५१४ मत प्राप्त गरेका छन भने नेकपा एमालेका रामेश्वर फुयालले १ हजार २५ मत पाएका छन् ।
ठकुरीले ४८९ मतले अग्रता लिएका छन् ।
३ हजार ५७४ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल सुनारले ४५० मत र स्वतन्त्र चुनाव चिन्ह धारोले ८४ मत पाएका छन् ।
काठमाण्डौ क्षेत्र नं ३ (२) का उम्मेदवार विमल ठकुरी यस अघि नेकपा एमालेका रामेश्वर फुयालसँग नै झिनो मत अन्तरले पराजित भएका थिए । निवर्तमान वागमति प्रदेश सभा सदस्य समेत रहेका रामेश्वर फुयालले प्रदेश २ मा आफुले जित्ने दावि गर्दै आएका छन् ।