५ मंसिर, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिए पनि पछिल्लो समयमा कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले एमालेलाई उछिनेका छन् ।
नेपाली कांग्रेसका सन्तोष चालिसेले २५६४ मत ल्याएका छन् भनें नेकपा एमालेका उम्मेदवार कृष्ण राईले २२३१ मत पाएका छन् ।
अहिले चालिसे राई भन्दा ३३३ मतले अगाडी रहेका छन् । घण्टि चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापाले १११८ मत, राप्रपाका गणेश गिरीले ४८५ मत पाएका छन् ।