आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

काठमाडौं ३ प्रदेश (क) मा छिरिङ दोर्जे लामा २९९ मतले अगाडी

गोकर्णेश्वर खबर५ मंसिर २०७९, सोमबार १८:०३ मा प्रकाशित (२ साल अघि) १०८ पाठक संख्या

५ मंसिर, काठमाडौं । पछिल्लो मत गणनाको परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ३ प्रदेश (क) तर्फ नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामाले १८३६ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा २९९ मतले एमालेका उम्मेदवार भन्दा अगाडी छन् ।

यसैगरी, एमालेका चन्द्रमान लामाले १५३७ मत पाएका छन् ।

जम्मा ६१०५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले १३०४ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चुण्डी लामाले ९४५ मत ल्याएका छन् ।

क्यापले कांग्रेसको मत काट्दा एमालेलाई फाईदा हुने अड्कलका बिच कांग्रेसका छिरिङ दोर्जे लामा एमाले भन्दा २९९ मतले अगाडी रहेका छन् ।