आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौं क्षेत्र नं. ३ को मतगणना सोमबार बिहानबाट 

गोकर्णेश्वर खबर४ मंसिर २०७९, आईतवार १९:२५ मा प्रकाशित (२ साल अघि) ७० पाठक संख्या

४ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना सोमबारदेखि मात्रै हुने भएको छ । क्षेत्र नम्बर ३ मा भने दलका प्रतिनिधिहरूको सहमतिमा सोमबार बिहानदेखि मात्रै मतगणना गर्ने सहमति भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुन्डा विद्यालयमा हुने छ । निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना सुरू गर्न निर्देशन दिए पनि दलका प्रतिनिधिहरूको सहमतिमा सोमबार बिहानदेखि मात्रै मतगणना हुने भएको हो ।

अन्य क्षेत्रहरूमा भने आइतबार रातिबाटै मतगणना थाल्ने तयारी छ । तर, सर्वदलीय बैठकपछि मात्रै त्यसबारे आधिकारिक निर्णय हुने भएकाले निश्चित भइसकेको छ । कार्यालयका अनुसार काठमाडौंका ७ सय ६७ केन्द्रमा मतदान सम्पन्न भएपछि अहिले मतपेटिका संकलनको काम भइरहेको छ ।

त्यस्तै, काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा र क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ ।