आज: १० फाल्गुन २०८१, शनिबार | Sat, 22, Feb, 2025

विश्व मधुमेह दिवसको अवसरमा मनहरा लायन्सको प्रभातफेरी र रक्तदान

गोकर्णेश्वर खबर२८ कार्तिक २०७९, सोमबार २१:५८ मा प्रकाशित (२ साल अघि) २१० पाठक संख्या

२८ कार्तिक, काठमाडौं । विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ काठमाण्डौ मनहराले प्रभातफेरी कार्यक्रम गरेको छ । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नं ६ मुलपानी, ग्रिनहिल सिटी गेटदेखी गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी चोक हुँदै शंखरापुर अस्पतालसम्म प्रभातफेरी गरिएको थियो ।

प्रभातफेरी पछि शंखरापुर अस्पतालमा भएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको थियो । प्रभातफेरीमा ६ सय भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, लायन खगेन्द्र सिटौला, डिष्ट्रिक ३२५ डि का डिष्ट्रिक गर्भनर लायन बिष्णु भाई श्रेष्ठ, फस्ट भाईस डिष्ट्रिक गर्भनर लायन रमेश लामा, सेकेण्ड भाईस डिष्ट्रिक गर्भनर लायन सुरेन्द्र बलाय, लायन कुमारराज सुवेदी, लायन लब कुमार श्रेष्ठ, लायन धर्म शरण श्रेष्ठ, लायन श्रीधर भण्डारी, लायन नवराज बाँस्तोला, लायन दिपक चापागाई लगायतको आतिथ्यता सहितको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल स्वास्थ विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज), गणेश हिमाल ईङ्लिस सेकेन्डरी स्कुल, विद्या आर्जन ईङ्लिस सेकेन्डरी स्कुल, बाल गितान्जली सेकेन्डरी स्कुल, ईष्टपोल सेकेन्डरी स्कुल तथा कलेजका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रमका संयोजक लायन रमेश ढकाल रहेका थिए ।