२३ असोज, काठमाडौं । एमाले छाडेको घोषणा गरेका वामपन्थी नेता घनश्याम भूसाल रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।
भुषालले रुपन्देही–१ बाट सत्तागठबन्धनको समर्थनमा स्तवन्त्र उम्मेदवारी दिने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई आफ्नै पार्टीबाट उठ्नका लागि शनिबार प्रस्ताव गरेका भए पनि भूषालले आफू कुनै पार्टीमा नजाने र पार्टीबाट उम्मेदवारी पनि नदिने बताए पछि सत्तागठबन्धनले उनलाई सहयोग गर्ने भएको हो ।
सो कुरा भूसालले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । भूसाललाई गठबन्धनको तर्फबाट सघाउनका लागि दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए । देउवा पनि यसमा सकारात्मक भए पछि सत्ता गठबन्धनले समर्थन गर्ने भएको हो ।