२३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई टिकट दिएको छ । गठबन्धनबाट माओवादीको भागमा परेको क्षेत्रमा अध्यक्ष प्रचण्डले घर्तीलाई टिकट दिएका हुन् ।
घर्ती रुपन्देही– १ बाट उठ्ने तयारीमा रहे पनि त्यो क्षेत्र गठबन्धनले एमाले त्यागेका घनश्याम भुसाललाई दिने भएपछि घर्तीलाई काठमाडौं–२ मा टिकट दिइएको हो ।
यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जित्दै आएका काठमाडौं–२ क्षेत्र भए पनि नेपाल सुरक्षित क्षेत्र खोज्दै रौटहट– १ पुगे पछि माओवादीले घर्तीलाई काठमाडौं–२ मा टिकट दिएको छ ।
एमालेले काठमाडौं–२ मा मणिराम फुयाललाई टिकट दिइसकेको छ ।