आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालद्वारा पार्टी परित्याग

गोकर्णेश्वर खबर२२ आश्विन २०७९, शनिबार १४:३८ मा प्रकाशित (२ साल अघि) ११५ पाठक संख्या

२२ असोज, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेकपा (एमाले) पार्टी त्यागेको घोषणा गरेका छन् ।

भूसालले सामाजिक सन्जालमा पार्टीमा नीति र विधिको पुर्नस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको लेखेका छन् । उनले नीति र विधिको आधारमा एमालेमा बस्ने स्थिती नरहेको बताउँदै पार्टी त्याग गर्ने निर्णय गरेको बताएका छन् ।

भूसालले सामाजिक सन्जालमा- ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुर्नस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’ लेखेका छन् ।