२२ असोज, काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेलको निधन भएको छ । ढुङ्गेलको आफ्नै घरमा चिप्लेर निधन भएको परिवारजनले बताएका छन् ।
काठमाडौंको काँडाघारीमा बस्दै आएका नेता ढुङ्गेल घरमा एक्लै भएका बेला लडेर निधन भएको प्रारम्भिक अनुमान गरिएको छ । घरमा एक्लै भएका बेला शौचालयमा लडेर निधन भएको जानकारी आएको छ ।
नेता ढुङ्गेल लामो समयदेखि मिर्गौला तथा अन्य रोगबाट पीडित रहेका थिए । घरका सदस्यहरू टीका लगाउन बाहिर गएका बेला घरमा एक्लै हुँदा नेता ढुङ्गेलको शौचालयमा चिप्लेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।