आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बन्न यस्ता छन् मापदण्ड (सूचीसहित)

गोकर्णेश्वर खबर२० आश्विन २०७९, बिहीबार २२:०० मा प्रकाशित (२ साल अघि) १३९ पाठक संख्या

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न आवश्यक मापदण्ड तय गरेको छ।
आयोगको बिहीबार बसेको बैठकले उम्मेदवारी दिन आवश्यक पर्ने योग्यता मापदण्ड जारी गरेको प्रवक्ता शालिग्राम पौडेलले बताए।

मापदण्डअनुसार विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्तिले प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवार बन्न पाउने छैनन्। प्रतिनिधिसभाका हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभाका हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ।

यस्ता छन् मापदण्ड