२० असोज, काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सिफारिस नाम यस्तो रहेको छ ।
१६ असोजमा बुझाइएको संशोधित सूचीमा खसआर्य महिलातर्फ पहिलो नम्बरमा उर्मिला नेपालको नाम छ भने दोस्रो नम्बरमा मिना पुराजुली र तेस्रो नम्बर बिनु रायमाझीको नाम छ ।
आदिवासी जनजातितर्फ पहिलो नम्बरमा समिता खड्गी, दोस्रो नम्बरमा लक्ष्मीदेवी श्रेष्ठ र तेस्रो नम्बरमा गिता गुरुङको नाम छ भने पुरुषतर्फ पहिलो नम्बरमा राजु श्रेष्ठ, दोस्रोमा जितेन्द्रकुमार श्रेष्ठ र तेस्रो नम्बरमा लिलेन्द्रमान प्रधानको नाम छ ।
दलित महिलातर्फ सोना परियार र गंगा सुनुवार तथा पुरुषतर्फ गोपाल विश्वकर्मा छन् भने मधेसी महिलामा कृष्णकुमारी गुप्ताको नाम छ ।