२० असोज, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको छ । कार्यदलका सदस्यहरु समेत सहभागी बैठकमा एकभन्दा बढी दलको दाबी रहेको क्षेत्रहरुमा सहमतिको प्रयास भइरहेको छ ।
उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन ।
गठबन्धनको बैठक बसिरहेका कारण कांग्रेसको कार्यसम्पादन समितिको बैठक समेत सुरु हुन सकेको छैन ।
कांग्रेसले विहान ९ बजे कार्यसम्पादन समिति बोलाएको थियो । नेताहरु बालुवाटार पुगेपनि गठबन्धनको बैठक चलिरहेका कारण कार्यसम्पादन समिति बस्न नसकेको एक नेताले जानकारी दिए ।