आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

दावा शेर्पाले काठमाण्डौं क्षेत्र नं ३ प्रदेश (क) बाट स्वतन्त्र उम्मेदवारी दिने

गोकर्णेश्वर खबर६ आश्विन २०७९, बिहीबार २१:३१ मा प्रकाशित (२ साल अघि) ५५८ पाठक संख्या

६ असोज, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ३ प्रदेश (क) बाट वागमति प्रदेश सभा सदस्यमा दावा शेर्पाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

शेर्पा सेवा समाज गोकर्णेश्वरका अध्यक्ष समेत रहेका शेर्पा पूर्व माओवादी पक्षधर समेत हुन् । स्थानीय चुनावमा देखिएको वेथिती र नातावाद कृपावाद हावी भएकोले आफूले पार्टी परित्याग गरी प्रदेश सभा सदस्यका लागि स्वतन्त्र तर्फबाट उम्मेदवारी दिने गोकर्णेश्वर खबरलाई बताए ।

उनले आफूले माओवादी पार्टी त्यागे पनि श्रमजीवि र पछाडी पारिएका वर्गका जनताको पक्षमा काम गरिरहने बताए ।

जनजाति समाजसेवी शेर्पाले जनजातिको पहिचान अभिवृद्धि र जनजातीयताको मौलिकताको कदर र विभिन्न रुपले जनजाति भएकै कारण हुने अन्यायका विरुद्ध सशक्त आवाज उठाउन आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका छन् ।

आदिवासी जनजातिका मुद्दाहरुलाई राजनीतिमा स्थापित गर्न तथा भौगोलिक अवस्था साथै बसोवासको आधारमा यस क्षेत्रको प्रतिनिधित्व गर्नका निम्ति प्रतिनिधि सभा सदस्यका लागी आफूले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको गोकर्णेश्वर खबरलाई बताए ।