आज: ९ बैशाख २०८२, मंगलवार | Tue, 22, Apr, 2025

पूर्व आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश

गोकर्णेश्वर खबर६ आश्विन २०७९, बिहीबार १९:०२ मा प्रकाशित (२ साल अघि) २५० पाठक संख्या

६ असोज, काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । खनाललाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले खादा लगाई स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवप्रवेशीहरूले सही समयमा सही निर्णय गरेको बताउँदै देश, जनता र लोकतन्त्रलाई विजयी बनाउने महान् उद्देश्यमा समाहित भएको भन्दै बधाई दिए ।

कार्यक्रममा एमालेले जनता समाजवादी पार्टीका नेता, सुदूरपश्चिम प्रदेशका इन्चार्ज होरीलाल चौधरी, प्रदेश कमिटी सदस्य पूर्णराज जोशी, पुनर्जागरण पार्टीका महामन्त्री रवि किरण हमाल, विवेकशील साझा पार्टीका संस्थापक सदस्य अब्दुस मिया, नेपाली काँग्रेसकी नेतृ मिना विश्वकर्मा, नेपाली काँग्रेसका रौतहटका कार्यकर्ता शेख सेराज, नेपाल समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य दिलबहादुर गुर्मछान मगर (सिन्धुली), माओवादी केन्द्रका सिन्धुली जिल्ला कमिटीका सदस्य मानबहादुर आले मगरलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेको थियो ।