४ असोज, काठमाडौं । निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले बन्दसूची दर्ता गराएका छन् ।
प्रतिनिधि सभामा समानुपातिक संख्या ११० जनाका लागि ४८ दलले उम्मेदवारी दर्ता गराएका हुन् । ६८ दलले निवेदन दिए पनि निर्वाचन आयोगले ४८दलको मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको हो ।
आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो ।