३ असोज, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।
अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यवसायी दर्जीको मृत्यु भएको हो । उनले गोठाटारमा एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका थिए ।
सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।