काठमाडौँ – काठमाडौंको कागेस्वरी मनोहरा ८ गोठाटारमा गोली चलेको छ ।
गोली लागेर एक जना घाइते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले बताएका छन् ।
कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
घाइतेलाई ३ वटा गोली लागेको र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकि छ।