आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

काठमाण्डौ क्षेत्र नं ३ मा निरन्जन पुडासैनीको स्वतन्त्र उम्मेद्वारी घोषणा

गोकर्णेश्वर खबर३ आश्विन २०७९, सोमबार १६:१२ मा प्रकाशित (२ साल अघि) २८४ पाठक संख्या

३ भदौ, काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ३ मा निरन्जन पुडासैनीले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । सोमबार जोरपाटी नयाँबस्तिमा एक कार्यक्रम आयोजना गरी पुडासैनीले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले आफ्ना योजना तथा कार्यक्रमहरु सार्वजनिक गर्दै संघीय संसदमा पुगेर जनसवाललाई प्राथमिकतापूर्वक उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा सहभागि भएका काठमाडौं क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईले पुडासैनीलाई समर्थन गर्दै देशलाई जोगाउन नेपाली जनताहरु सचेत हुनु पर्ने बताए । उनले अब पनि जनता सचेत भएर राष्ट्रवादी स्वतन्त्र उम्मेदवारहरुलाई नजिताए देशद्रोही शक्तिले राष्ट्रको अस्तित्वमा आँच पु¥याउन सक्ने बताए ।

जोरपाटी नयाँबस्तीमा रहेको दाजुभाई कटेजमा आयोजना गरिएको उम्मेद्वारी घोषणा कार्यक्रममा पुडासैनीले क्षेत्र नं ३ को भौतिक पूर्वाधार, सामाजिक र मानवीय विकासका लागि आफूसँग योजनाबद्ध सोच रहेको बताउँदै स्वतन्त्र उम्मेद्वारलाई सहयोग गर्न आग्रह गरे ।

उम्मेदवारी घोषणा कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय तथा स्वतन्त्र पक्षधरहरुको उपस्थिती रहेको थियो ।