आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

छ्यादी खोलाले बगाएका शिक्षकको २२ घण्टापछि आइतबार जीवितै उद्धार 

गोकर्णेश्वर खबर२ आश्विन २०७९, आईतवार १७:३७ मा प्रकाशित (२ साल अघि) १११ पाठक संख्या

२ असोज, काठमाडौं । हेलम्बु गाउँपालिका–१ सर्कथली छ्यादी खोलाले बगाएर बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि आइतबार जीवितै उद्धार भएको छ । छ्यादी खोलामा साथीसहित नुहाउन गएका शिक्षक केशव सिवाकोटी चिप्लिए पछि खोलाले बगाएको थियो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार दोलखा कालिञ्चोक–३ का स्थानीय सिवाकोटी स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आएका थिए ।

शनिबार खसेर हराएका उनलाई छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुंगाको कापबाट सकुशल उद्धार गरिएको हो । आइतबार बिहान ५ बजे तिर बचाउ‚ बचाउ भन्ने गुहारको आवाज सुनेपछि गाउँपालिका अध्यक्षलाई स्थानीयले जानकारी दिई तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि छ्यादी भिरमा सिवाकोटीको उद्धारका लागि खटिएका थिए ।