आज: २२ बैशाख २०८२, सोमबार | Mon, 05, May, 2025

२४ घण्टामा ५९ जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर२ आश्विन २०७९, आईतवार १६:४५ मा प्रकाशित (२ साल अघि) १८८ पाठक संख्या

काठमाडौं, असोज २ गते। पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८८२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार एक हजार ७५३ जनाको पीसीआर परीक्षणबाट २५ र एक हजार १२९ जनाको एन्टीजेन परीक्षणमा ३४ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा १६१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८३० जना छन्।