आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

मापदण्ड विपरितका संरचना सडकबाट हटाउन गोकर्णेश्वर ७ को सूचना

गोकर्णेश्वर खबर३० भाद्र २०७९, बिहीबार १९:१३ मा प्रकाशित (२ साल अघि) ८६९ पाठक संख्या

३० भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ७ ले मापदण्ड विपरितका संरचना सडकबाट हटाउन आग्रह गरेको छ ।

आज वडा कार्यालयले सूचना जारी गर्दै वडा क्षेत्र भित्र आफ्नो घर, टहरा, पसल बाहिर अनाधिकृत रुपमा पालि निकाल्ने, सडक बाटोको फुटपाथमा व्यबसाय गर्ने, सिडिमा पसल राख्ने, घरको छतबाट पानी सडकमा खसाल्ने, बाटोमा वर्कशपको कार्य गर्ने जस्ता कार्यहरु गर्दै आएको पाईएकोले उक्त कार्यहरु गर्दा वातावरणमा प्रतिकुल र मापदण्ड विपरीत भएकोले यस्ता कार्यहरु ७ दिन भित्र खाली गर्न गराउन आग्रह गरेको छ ।

यसैगरी, सूचना प्रकाशित भए पछि पनि अटेर गरेमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम कारबाही जनाएको छ ।