आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

देशभर ९८३५ जनामा डेंगु संक्रमण

गोकर्णेश्वर खबर२९ भाद्र २०७९, बुधबार ०६:५२ मा प्रकाशित (२ साल अघि) १२८ पाठक संख्या

काठमाडौं । नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगु पुष्टि भएको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनी प्रदेशमा १३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।