आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

श्री बौद्धनाथ क्षेत्र विकास समितिबाट वडा नं. ६ बौद्धका महिलालाई कौसी खेती प्रविधि तालिम 

गोकर्णेश्वर खबर२८ भाद्र २०७९, मंगलवार २०:५० मा प्रकाशित (२ साल अघि) ४०९ पाठक संख्या

२८ भदौ, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले कौसी तरकारी खेती प्रविधि सम्वन्धि तालिम दिएको छ । सोमबार समतिको भवन टुसालमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ६ का ५० जना महिलालाई तालिम दिइएको थियो ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राज कुमार लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा असोक कुमार भट्टराईले तालिम दिएका थिए । कार्यक्रमको संयोजक समितिका सदस्य जानुका भण्डारी श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजकुमार लामाले कौशी खेति तालिम लिने परिवारका सदस्यले स्वच्छ र ताजा तरकारी खान पाउने बताए ।

समितिका कार्यकारी निर्देशक नयन कुमार लामाले एक दिने तालिम व्यवसायिक कौशी खेतिका लागि पर्याप्त नभए पनि घर परिवारलाई विषादीरहित ताजा तरकारी आफ्नो घरभित्रै कसरी फलाएर खान सकिन्छ भन्ने ज्ञान लिन सकिनेमा जोड दिए ।

तालिम पछि सहभागिहरुलाई ड्रागन फ्रुट, विभिन्न तरकारीका बीउ, मल, औषधी, कोकोपिट लगायत सामाग्रीहरू वितरण गरिएको थियो ।