आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

आङ काजी शेर्पाले काठमाण्डौं क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने 

गोकर्णेश्वर खबर२६ भाद्र २०७९, आईतवार १९:२७ मा प्रकाशित (२ साल अघि) १००८ पाठक संख्या

२६ भदौ, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ३ क बाट प्रतिनिधि सभा सदस्यमा आङ काजी शेर्पाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

युवा समाजसेवी तथा व्यवसायि समेत रहेका शेर्पाले जनजातिको पहिचान अभिवृद्धि र जनजातीयताको मोलिकताको कदर र विभिन्न रुपले जनजाति भएकै कारण हुने अन्यायका विरुद्ध सशक्त आवाज उठाउन आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका छन् ।

शेर्पाले तामाङ, शेर्पा, नेवार लगायतका आदिवासी जनजातिहरुको बाहुल्यता भएको ठाउँमा स्थानीय जनभावना र जनजातिका विचार धारणाका साथै जन भावना बुझेको जन प्रतिनिधि भएमा मात्र यस क्षेत्रको सन्तुलित र वास्तविक विकास हुने बताए ।

कतिपय सन्दर्भमा जनजातिहरूले वोल्ने भाषा र उच्चारण शैलीका कारण अन्य व्यक्तिहरूले प्रष्ट नबुझ्ने हुदा नेपाली अर्थमा गलत बुझाईमा नेपालको कानुनले जेल सजाय भोगाएका घटनाहरु समेत रहेको भन्दै उनले उदाहरणको रुपमा मर्यो भन्दा उच्चारण ध्वनीमा फरकपर्दा मार्यो भन्ने सुन्दा बुझ्दा जेल सजाय भोगेको पाईएको छ ।

आदिवासी जनजातिका मुद्दाहरुलाई राजनीतिमा स्थापित गर्न तथा भौगोलिक अवस्था साथै बसोवासको आधारमा यस क्षेत्रको प्रतिनिधित्व गर्नका निम्ति प्रतिनिधि सभा सदस्यका लागी आफूले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको गोकर्णेश्वर खबरलाई बताए ।