काठमाडौं । कर्मा गुरुङ मनाङको प्रदेश (ख) मा समानुपातिक तर्फ सर्वसम्मत सिफारिस भएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनको लागि संघ र प्रदेश तर्फ उम्मेदवार सिफारिस भईरहेकोमा नेपाली कांग्रेस मनाङले कर्मा गुरुङलाई समानुपातिक पुरुष तर्फ सर्वसम्मत सिफारिस गरेको हो ।
गुरुङ २०७४ सालको चुनावमा प्रदेश सभा (ख) का लागि प्रतक्ष्य तर्फ उम्मेदवार रहेका थिए । उनी एमालेका दीपक मनांगेसँग झिनो मतान्तरले पराजित भएका थिए ।
गुरुङ लायन्स क्लब अफ ईन्टरनेशनल डिष्टिक ३२५ ई का वर्तमान गभर्नर समेत रहेका छन् ।