२२ भदौ, काठमाडौं । भिजन क्लब इन्टरनेशनलले गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा बाथरोग तथा मृगौलारोग सम्वन्धि स्वास्थ शिविर गर्ने भएको छ । भिजन क्लब इन्टरनेशनल, नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ समाजको सयुक्त आयोजनामा स्वास्थ शिविर गर्ने भएको हो ।
शिविर भदौ २५ गते शनिबार महादेव मन्दिर अगाडि रहेको गोकर्णेश्वर युवा उपकार क्लबको भवनमा हुनेछ ।
शिविर शनिबार बिहान ९ः३० देखि १२.३० सम्म हुने भिजन क्लब इन्टरनेशनल काठमाडौंका अध्यक्ष राज कृष्ण श्रेष्ठले बताए ।