१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ मिचेर बनाइएका कोटेश्वर क्षेत्रका अनधिृकत संरचनामा डोजर लगाएको छ ।
महानगरपालिकाले फुटपाथ मिचेका होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाएको हो ।
डोजर लगाएर अनधिकृत संरचना हटाउने क्रममा कोटेश्वर क्षेत्रमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ ।