१९ भदौ, काठमाडौं । काठमाडौ २ मा नेपाली काग्रेसका तर्फबाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ ।
कांग्रेसले पूर्वसांसद तथा संविधान सभा सदस्य दीपकप्रसाद कुईकेल सहित चार जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो । शुक्रबार बसेको निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले लोकेश ढकाल, मनिष कोइराला, क्षेत्रीय सभापति कविर शर्माको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ । कुईकेल २०७१ को उपचुनावमा निर्वाचित भएका थिए ।
२०७४ सालको चुनावमा काठमाडौँ २ बाट माधव नेपाल निर्वाचित भएका थिए ।