आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

नागरिकतासम्बन्धी विधेयक विधायन व्यवस्थापन समितिबाट हुबहु पारित 

गोकर्णेश्वर खबर१५ भाद्र २०७९, बुधबार १९:०९ मा प्रकाशित (२ साल अघि) १३० पाठक संख्या

१५ भदौ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नागरिकतासम्बन्धी विधेयक हुबहु पारित गरेको छ । बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको हो ।

विधेयकमा नेकपा एमालेले लिखित असहमति राखे पनि सत्तारुढ गठबन्धनमा रहेका दलको समितिमा बहुमत रहेकाले विधेयक पारित भयो ।

समितिले आफ्नो प्रतिवेदनसहित राष्ट्रिय सभामा पेश गर्नेछ । राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ ।

यसैगरी, एमालेले फरक मत राख्दै नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको ७ वर्षपछि वैवाहिक अंगीकत नागरिकता दिने, यसरी नागरिकता लिंदा जन्म भएको देशको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था राख्नु पर्ने बताएको छ ।