१४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवार सिफारिस गरेको छ ।
एकीकृत समाजवादीले पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका सह–इन्चार्ज विश्वनाथ प्याकुरेललाई प्रतिनिधि सभामा, बागमती प्रदेश कमिटी सदस्य तथा काठमाडौ–३ का इन्चार्ज उद्दव खड्का, जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर–३ (क) का संयोजक दिलिपकुमार लामालाई प्रदेश सभाका लागि सिफारिस गरेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी काठमाडौं–३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक विमलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले प्याकुरेललाई प्रतिनिधि सभामा, खड्कालाइ प्रदेश (ख) र लामालाई प्रदेश (क) का लागि सिफारिस गरेको छ ।