आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

भदौ २२ गतेभित्र उम्मेदवारको सिफारिश पठाउन एमालेको निर्देशन, ओली प्रधानमन्त्रीका एक्ला उम्मेदवार (पूर्ण विवरणसहित)

गोकर्णेश्वर खबर११ भाद्र २०७९, शनिबार १७:१९ मा प्रकाशित (२ साल अघि) ११७ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ।

शुक्रवारदेखि शुरु भएको बैठक आगामी चुनावको तयारी सम्बन्धी विभिन्न निर्णय गर्दै शनिवार सकिएको हो ।

एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गर्दै विभिन्न ७ वटा निर्णय गरेको छ। जसमा स्थानीय चुनावका विषयमा उजुरी छानबिनदेखि आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड तयसम्मका रहेका छन्।

एमाले केन्द्रीय कमिटीले बैठकले भदौ २२ गतेभित्र उम्मेदवारको सिफारिश पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ। त्यसका लागि केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोट मापदण्ड पनि तोकेको छ।

बैठकले आगामी निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका एकल उम्मेदवारका रुपमा अघि सार्ने प्रस्ताव पनि पारित गरेको छ ।

यी हुन् एमाले केन्द्रीय कमिटीले गरेका निर्णय: