आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

साफ महिला च्याम्पियनसिप टोलीको घोषणा

गोकर्णेश्वर खबर११ भाद्र २०७९, शनिबार १४:३० मा प्रकाशित (२ साल अघि) २१२ पाठक संख्या

काठमाडौं, भदौ ११ गते । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म अयोजना हुने साफ महिला च्याम्पियनपसिप फुटबलका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
टोलीको मुख्य प्रशिक्षक कुमार थापाले शनिबार प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट अन्तिम २३ सदस्यीय नेपाली महिला टोलीको घोषणा गर्नुभएको हो । दक्षिण एसियाका सातै देशको सहभागिता रहने च्याम्पियनसिपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भुटान र श्रीलंका छ । नेपालको पहिलो खेल भुटानसँग भदौ २१ गते खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यसअघि भारतलाई विश्व फुटबल महासंघ ९फिफा० ले प्रतिबन्ध गरेका कारण सहभागिता अनिश्चित बनेको थियो । तर, शनिबार मात्र फिफाले भारतमाथिको प्रतिबन्ध फुकुवा गरेपछि साफमा सातै टोलीको सहभागिता सुनिश्चित भएको हो ।
महिला साफको अघिल्लो संस्करण पनि नेपालमै आयोजना भएको थियो । विराटनगरमा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
साफ महिला टोली
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ
रक्षक : हिराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घामगर, निशा थोकर, समिक्षा घिमिरे र विमला विके
मिडफिल्डर : विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्द्रा राई, अनिता बस्नेत र अनिता केसी
स्ट्राइकर :  अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ ।