आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

प्रधानमन्त्री देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच छलफल

गोकर्णेश्वर खबर८ भाद्र २०७९, बुधबार १६:४२ मा प्रकाशित (२ साल अघि) १६४ पाठक संख्या

८ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार करिब डेढ घण्टा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा समक्ष एमाले अध्यक्ष ओलीले आफ्नो कुरा राखेका छन् । एमाले अध्यक्ष ओलीसहित उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङ बालुवाटार पुगेका थिए । छलफलमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागीता रहेको थियो ।

भेटवार्तामा समसामयिक राजनीतिक, संविधान, लोकतन्त्र र आगामी निर्वाचन सम्बन्धमा छलफल भएको थियो । यसैगरी छलफलमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वस्थ, स्वच्छ र भयरहित बनाउन सहयोग रहने एमाले अध्यक्ष ओलीले बताएका छन् ।

यस्तै एमालेले नागरिकता विधेयक राष्ट्रपति समक्ष जस्ताको तस्तै पठाएको सन्दर्भ उठाएको र त्यसको जवाफमा प्रधानमन्त्री देउवाले नागरिकताविहिन नागरिकका समस्या समाधान गर्न नागरिकता विधेयक ल्याएको बताएका थिए ।