आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने, भदौ १६ गते सबै जिल्लामा शोकसभा 

गोकर्णेश्वर खबर५ भाद्र २०७९, आईतवार १५:५३ मा प्रकाशित (२ साल अघि) १९६ पाठक संख्या

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यही भदौ ५, ६ र ७ गते पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुः ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।

स्वर्गारोहणको १३ औं दिन (भदौ १६ गते) मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।