आज: २२ फाल्गुन २०८१, बिहीबार | Thu, 06, Mar, 2025

एमालेको सरकार आए नागरिकता विधेयक परिवर्तन हुने योगेश भट्टराईको दावी

गोकर्णेश्वर खबर५ भाद्र २०७९, आईतवार १४:५२ मा प्रकाशित (२ साल अघि) १५२ पाठक संख्या

५ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिले संसदबाट पारित नागरिकता विधेयक एमालेको सरकार आएपछि परिवर्तन गर्ने दावि गरेका छन् ।

भट्टराईले वर्तमान सरकारले संसद्बाट बलपूर्वक नागरिकता विधेयक पारित गरेको भन्दै सो दावि गरेका हुन् ।

प्रेस चौतारी नेपाल रामेछापले आइतबार रामेछापको मन्थलीमा राखेको पत्रकार भेटघाटका क्रममा भट्टराईले राष्ट्रपतिले संसद्मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको आरोप लगाउँदै नागरिकताको सवाललाई हल्का रपमा लिन नहुने भन्दै उनले यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर जान एमालेले आग्रह गरेको समेत दाबी गरे ।