आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

नेपाली कांग्रेसका नेता प्रदिप गिरीप्रति राष्ट्रपति र नेताहरुबाट श्रद्धाञ्जली

गोकर्णेश्वर खबर५ भाद्र २०७९, आईतवार १४:४६ मा प्रकाशित (२ साल अघि) १२६ पाठक संख्या

५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेता गिरीको निधनको खबरले अत्यन्त दुः खी बनाएको र हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं भन्दै राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल मार्फत समवेदना प्रकट गरेका छन् ।

यसैगरी, नेता प्रदिप गिरीको निधनप्रति नेताहरुले पनि समवेदना दिएका छन् ।

नेता गिरीको निधनप्रति नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गर्दै चिन्तनशील राजनीतिकर्मीको निधनबाट मर्माहत भएको बताएका छन् । अध्यक्ष ओलीले गीरिप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

नेता गिरीको निधनप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली राजनीतिक बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तकलाई गुमाएको भन्दै प्रचण्डले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गिरीको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली राजननीतिका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता गिरिको निधनले स्तब्ध र मर्माहत बनाएको बताएका छन् ।