आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

राप्रपाको ‘कोष वृद्धि’ अभियान सुरु

गोकर्णेश्वर खबर२ भाद्र २०७९, बिहीबार १८:२६ मा प्रकाशित (२ साल अघि) १३७ पाठक संख्या

काठमाडौँ– राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन ‘कोष वृद्धि’को अभियान सुरु गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रम मार्फत अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र सङ्घसंस्थालाई जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वानसहित बिहीबारदेखि ‘कोष वृद्धि’ अभियानको सुरु गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।