१ भदौ, काठमाडौं । आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको बिक्रीवितरण र प्रयोग गर्न नपाईने भएको छ । सरकारले आज बुधबारदेखि उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको बिक्रीवितरण, आयात, प्रयोगमा रोक लगाइएको हो ।
वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई बुधबारदेखि कडाइका साथ लागु गर्ने भएको हो ।
यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो । अब भने ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए-नभएकोबारे सरकारले बुधबारदेखि नै अनुगमन गर्नेछ ।