आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

कांग्रेस वागमति प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले केन्द्रीय सदस्यमा मनोनित

गोकर्णेश्वर खबर३१ श्रावण २०७९, मंगलवार १७:३९ मा प्रकाशित (२ साल अघि) २३३ पाठक संख्या

३१ साउन, काठमाडौं । नेपाली कांग्रेस वागमति प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित भएकी छन्। आज कांग्रेसका सभापति शेर बहादुर देउवाले घले सहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

काठमाण्डौ क्षेत्र नं ४ की नेतृ समेत रहेकी घलेलाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

आज केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा (१) श्री किरण यादव (महोत्तरी), (२) श्री राधा घले (काठमाडौं), (३) श्री धना खतिवडा (ललितपुर), (४) श्री उर्मिला थपलिया (धादिङ्ग), (५) श्री रुक्मीणी कोइराला (मोरङ्ग), (६) श्री कल्याणी रिजाल (काठमाडौं), (७) श्री गोमा भट्टराई (झापा), (८) श्री गंगा शाही (रुपन्देही) (९) श्री लक्ष्मी खतिवडा (सुनसरी), र (१०) श्री सीता देवकोटा (नवलपुर) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।