३० साउन, काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
छलफल जारी नै रहेकोले अर्को बैठक बुधबार ४ बजे बस्छ । कार्यदलको बैठक ठोस रुपमा छलफल अगाडि नबढेकोले सहमति हुन सकेको छैन ।
कार्यदलका सदस्यले मंगलबार आन्तरिक र अन्तरपार्टी छलफल गर्ने छन् भनें बुधबार सकारात्मक निष्कर्ष निकाल्ने गरी गम्भिर रुपमा छलफल अगाडी बढ्नेछ । गठबन्धनले केही दिनमै ठोस निष्कर्ष निकाल्ने गरी तयारी गरिरहेको नेताहरुले बताउँदै आएका छन् ।