आज: ८ बैशाख २०८२, सोमबार | Mon, 21, Apr, 2025

परराष्ट्रमन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

गोकर्णेश्वर खबर२४ श्रावण २०७९, मंगलवार ०९:२१ मा प्रकाशित (२ साल अघि) २७७ पाठक संख्या

परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदैछन्। मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ।

उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ।

चीनका परराष्ट्र मन्त्रीको निम्तोमा मन्त्री खड्का भ्रमणमा जान लागेका हुन्। एक वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका हुन्।

मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।