आज: २६ फाल्गुन २०८१, सोमबार | Mon, 10, Mar, 2025

नागरिकतामा अपमानजनक नाम भए सच्याउन पाइन्छ- गृह मन्त्रालय

गोकर्णेश्वर खबर२४ श्रावण २०७९, मंगलवार ०९:१५ मा प्रकाशित (२ साल अघि) ३७३ पाठक संख्या

गृह मन्त्रालयले नागरिकतामा व्यक्तिको अपमानजनक नाम र थर उल्लेख हुने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सम्बन्धित व्यक्तिले सच्याउन पाउने व्यवस्था गरिएको जानकारी दिएका छन्।

उनले त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन्।

विभिन्न जिल्लाहरूबाट जारी भएका नागरिकतामा अपमानजनक शब्द राखी जारी भएकोप्रति समेत गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ।