आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

गोकर्णेश्वर खबर२४ श्रावण २०७९, मंगलवार ०८:३६ मा प्रकाशित (२ साल अघि) ३६६ पाठक संख्या

दमौली, साउन २४ गते । विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । मंगलबार (आज)मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।

ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो ।